काठमाडौँ । टर्कीको राष्ट्रपतिमा रेसेप तय्यिप एर्दोगान निर्वाचित भएका छन्।
आइतबार भएको राष्ट्रपतिको दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धी केमाल किलिक्डारोग्लुलाई हराउँदै एर्दोगान राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
एर्दोगानले ५२.१ प्रतिशत मत पाएका छन् भने लिक्डारोग्लु ४७.९ प्रतिशत मत पाएका थिए ।
उनी सन् २००३ देखि २०१३ सम्म टर्कीका प्रधानमन्त्री थिए। त्यसपछि राष्ट्रपति बनेका उनको तानासाही शैलीमा शासन गरेको भन्दै व्यापक आलोचना पनि भइरहेको छ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०