काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा देखिएका त्रुटिहरू सुधार्न सुझाव मागेको छ। पार्टीले आयोगले तोकेको समय सीमाभित्र सूची सच्याउने तयारी गरेको जनाएको छ।
पार्टीका अनुसार, विभिन्न सरोकारवालाहरूबाट प्राप्त आलोचना र सुझावहरूलाई ध्यानमा राख्दै सूची तयार पारिएको छ। समय अभावका कारण अन्तिम समयमा गरिएको राजनीतिक संवाद र सहमतिका क्रममा बन्दसूची तयार पारिएको उल्लेख गरिएको छ।
पार्टी सचिवालयको सूचनामा भनिएको छ, “समय अभावका कारण अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका कारण यस प्रक्रियामा कुनै कमीकमजोरी देखिएमा, निर्वाचन आयोगले तोकेको समयभित्र सुधार गर्ने योजना छ।”
सुझाव पठाउन इच्छुक व्यक्तिहरूले पौष १७ गते बिहान १० बजेभित्र प्रदेश सभापतिमार्फत वा सिधै पार्टी केन्द्रीय कार्यालयमा आफ्नो विचार बुझाउन सक्ने जनाइएको छ। रास्वपाले आयोगमा पेश गरेको सूचीप्रति अहिले व्यापक आलोचना भइरहेको छ।
प्रकाशित मिति: बुधबार, पुस १६, २०८२