काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्र फेरि राजनीतिक पुनर्संरचना भएको छ। अशोक राईको नेतृत्वमा गठन भएको जसपा फेरि विभाजित भएको छ। सह–अध्यक्ष रेणु यादवसहित बहुमत केन्द्रीय सदस्यहरूले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसँग पुनः एकता गर्ने सहमति गरेका छन्।
पार्टी एकीकरणका लागि आज औपचारिक सहमति जुटेपछि रेणु यादव पक्ष पुनः मूलधारमा फर्किएको हो। तर, जसपा विभाजनको नेतृत्व गरेका अशोक राई भने यो एकता प्रक्रियामा सहभागी भएका छैनन्।
यसअघि हिजो मात्रै जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच एकताको सहमति भइसकेको थियो। पछिल्ला घटनाक्रमसँगै मधेस केन्द्रित राजनीतिमा नयाँ शक्ति सन्तुलन देखिन थालेको छ।
प्रकाशित मिति: सोमबार, पुस १४, २०८२