काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाललाई विश्व सामु शान्ति केन्द्रको रूपमा घोषणा गरी अन्तर्राष्ट्रिय मान्यता लिनुपर्ने सुझाव दिएका छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घले आज आयोजना गरेको सर्वपक्षीय संवाद कार्यक्रममा उनले भने, “हामी कसैसँग युद्ध गर्दैनौं, हामी लगानी भित्राएर विकास गर्छौं।”
डा. भट्टराईले विशेष रूपमा भारत र चीनसँग सम्बन्ध विस्तार गर्दै अन्य बाह्य मुलुकहरूबाट पनि आईटी र प्रविधिसँग सम्बन्धित लगानी भित्र्याउनु आवश्यक रहेको बताए। उनले थपे, “लेबर एक्स्पोर्टको सट्टा खाद्य पदार्थ र सेवा निर्यात गरौं। यसो गरे देश समृद्ध हुनेछ।”
प्रकाशित मिति: बुधबार, पुस १६, २०८२