३ असोज, काठमाढौँ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको तयारीका लागि भारतमा रहेको नेपाली टोलीले अभ्यास खेलमा भारतको डिन्डीगुल ड्रागन्सलाई पराजित गरेको छ । मंगलबार भएको अभ्यास खेलमा नेपालले डिन्डीगुललाई १ सय ५३ रनले हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय १६ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामीले ६६ रन बनाए भने बसन्त रेग्मीले नटआउट ५६ रन बनाए । सोमपाल र बसन्तले सतकीय पारी खेलेका थिए । ज्ञानेन्द्र मल्लले ३९, सागर पुनले १५, शरद भेषावाकरले १, आरिफ सेखले २१, सन्दिप लामिछानेले १ रन बनाए । कप्तान पारस खड्का भने शुन्य रनमै आउट भए ।
प्रकाशित मिति: सोमबार, असोज २, २०७४