काठमाडौँ । वीर अस्पतालमा राष्ट्रपतिविरुद्ध नाराबाजी भइरहेको छ । अस्पताल अगाडि बिरामी र उनका आफन्तहरूले नाराबाजी गरेका हुन् ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई कुटेको विरोधमा डाक्टरहरू आन्दोलनमा उत्रिएका छन् ।
अस्पताल अगाडि नाराबाजी गर्दै सर्वसाधारणले भने, ‘अस्पताल खोल्नुपर्छ ! राष्ट्रपति मुर्दावाद ! हामीलाई मार्न पाइँदैन।’
प्रकाशित मिति: आइतबार, माघ २९, २०७९