काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनयन गरेको छ। पार्टी सचिवालयको आज बिहान बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो। प्रवक्ता मनिष झाले बैठकले संघीय नेतृत्व मञ्चलाई थप सशक्त बनाउने उद्देश्यसहित मनोनयन गरिएको जानकारी दिए।
विवेकशील साझा पार्टीसँग एकता भएपछि रास्वपाले यो मञ्चलाई अलग्गै संयन्त्रका रूपमा गठन गरेको हो। मञ्चका सदस्यको वरीयता केन्द्रीय समितिका सदस्य सरह रहने व्यवस्था गरिएको छ।
मनोनयनमा विवेकशील पृष्ठभूमिका नेताहरूलाई प्राथमिकता दिइएको र विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी संयोजन गरिएको पार्टीले जनाएको छ।
मनोनित १७ सदस्यको सूची:
समीक्षा बास्कोटा, ललितपुर
प्रकाशचन्द्र परियार, सुनसरी
विमला अधिकारी, चितवन
रन्जु दर्शना, काठमाडौं
पवित्रा थापा, कास्की
विमल तामाङ, नुवाकोट
समुन्द्र केसी, ललितपुर
दामोदर नेपाल, नुवाकोट
आशुतोष प्रधान, चितवन
नवराज थापा, गोरखा
सुरज प्रधान, भक्तपुर
धनेज थापा, काठमाडौं
सुदन श्रेष्ठ, सुनसरी
अजित खड्का, काठमाडौं
रुस्तम अन्सारी, बारा
डा. सुशील शाह, बारा
शीतल भुसाल, रुपन्देही
प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२