१ असोज, काठमाडौँ । इंग्लिस प्रिमियर लिग (इपिएल) फुटबलमा अन्तर्गत शनिबार राति भएको खेलमा जित लिभरपुलले निकाल्न सकेन । घरेलु मैदानमा भएको खेलमा लिभरपुल बर्नलीसँग १–१ को बराबरीमा रोकिएको हो । लिभरपुलका लागि मोहम्मद सालह तथा बर्नलीका लागि स्कट अर्फिल्डसले गोल गरे । २७ औं मिनेटमा अर्फिल्डले गोल गर्दै बर्नलीलाई सुरुवाति अग्रता दिलाए । तर त्यसको तीन मिनेटपछि नै सालहले लिभरपुलका लागि बराबरी गोल फर्काए । लिभरपुल पाँच खेलबाट ८ अंकसहित आठौं स्थानमा छ । अर्को खेलमा पाँचौं स्थानको टोटनह्याम स्वान्सी सिटीसँग गोल रहित बराबरीमा रोकियो । वेष्ट ह्याम र वेष्ट ब्रोमले पनि गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् । लेस्टर सिटी र हडल्र्स्फिल्डले १–१ को बराबरी खेले भने साउथह्याम्पटनले क्रिष्टल प्यालेसलाई १–० ले हरायो ।
प्रकाशित मिति: शनिबार, भदौ ३१, २०७४