२९ भदौ, काठमाडौँ । १९ वर्षमुनीको एसिया कप क्रिकेटको छनौट प्रतियोगितामा सिंगापुरले नेपालसामू ६८ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको क्लब अमानमा टस हारेर नेपाल बलिङमा उत्रिएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २८.३ ओभरमा ६७ रन बनाउँदा सबै विकेट गुमायो । नेपालका लागि पवन सर्राफले ६ विकेट लिए । किशोर महतोले २ तथा सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४