काठमाडौँ । भक्तपुरको सूर्यबिनायक नगरपालिका स्थित काठमाडौँ वर्ल्ड स्कुलमा झडप भएको छ । विद्यार्थीहरूको बिचमा मङ्गलवारबाट सुरु भएको विवादमा झडप भएपछि डिएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।
गुण्डुमा अवस्थित सो स्कुलमा गुण्डुका स्थानीय विद्यार्थी र काठमाडौँबाट गएर अध्ययन गरिरहेका विद्यार्थीको बिचमा विवाद भएपछि स्थानीयले कारवाहीको माग गरेर विरोध गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको बिचमा मङ्गलवार विवाद भएको थियो । स्थानीयले काठमाडौँबाट अध्ययन गर्न आउने विद्यार्थीलाई स्कुल प्रशासनले कारबाही नगरेको भन्दै स्थानीयहरू विरोधमा उत्रिएका हुन् ।
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९