२६ भदौ, बझाङ । दसैं र तीहारको अवसर पारेर बझाङमा सर्वा्धिक राशीको बुङगल क्रिकेट (बिसिए) कप २०७४ हुने भएको छ । बुङगल क्रिकेट एसोसिएसनले असोज २८ देखि कात्तिक १ गतेसम्म प्रतियोगिताको आयोजना गर्ने भएको हो । प्रतियोगीता ट्वेन्टी ट्वेन्टी संरचनामा हुने छ । पछिल्लो समय बढदै गएको क्रिकेटप्रतिको आकर्षणलाई मध्यनजर गर्दै प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ । प्रतियोगीताबाट नयाँ खेलाडीले अवसर पाउने आयोजकले विश्वास गरेको छ । प्रतियोगिताका सबै खेलहरु त्रिवेणी वहुमुखि क्याम्पस विजगडाको खेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगीतामा देशभरिका क्षेत्रीय तथा राष्ट्रिय स्तरका खेलाडी सामेल टिमले पनि सहभागिता जनाउन सक्ने छन् ।प्रतियोगिताका विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । खेल नकआउट आधारमा खेलाइनेछ ।
प्रकाशित मिति: आइतबार, भदौ २५, २०७४