२६ भदौ, काठमाडौँ । १९ वर्ष मुनीको एसीसी इस्र्टन रिजन प्रतियोगितामा नेपालले थाइल्याण्डसामू २८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका लागि अनिलकुमार शाहले उत्कृष्ट प्रदर्शन गरे । ७४ बलमा उनले ९१ रन बनाए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८१ रन बनायो । यस्तै प्रनित थापा मगरले अर्धशकत पुरा गरे । नेपालका लागि सन्दिप सुनारले ३२, रोहितकुमार पौडेलले २८, दिपेन्द्र सिंह ऐरी र पवन सरार्फले २२ र आसिफ शेखले २१ रन बनाए ।
प्रकाशित मिति: आइतबार, भदौ २५, २०७४