२३ भदौ, काठमाडौँ । स्लोआन स्टेफेन युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन । अमेरिकी भेनस विलियम्सलाई युएस ओपन टेनिसबाट बाहिरियाउँदै उनी फाइनलमा प्रवेश गरेकी हुन । पहिलो सेट ६÷१ ले गुमाएकी भेनस दोश्रो सेट ६–० ले जितेपनि तेश्रो सेट ७–५ ले गुमाउँदै प्रतियोगिताबाट बाहिरिइन् । स्टेफेन कुनै पनि ग्राण्डस्लाम प्रतियोगिताको फाइनल पुगेको पहिलोपटक हो ।
प्रकाशित मिति: बिहीबार, भदौ २२, २०७४