२१ भदौ, काठमाडौँ । १९ वर्षमुनिको एसिसी एसिया कप छनौट प्रतियोगितामा नेपालको पहिलो खेल आउँदो २६ गते थाइल्याण्डसँग हुने भएको छ । बुधबार एसिसीले खेल तालिका सार्वजनिक गरेको छ । एसियन क्रिकेट काउन्सिलको आयोजनामा मलेसियामा हुने १९ वर्षमुनिको एसीसी एसिया कप छनौट प्रतियोगिताको खेल तालिका बुधबार सार्वजनिक भएको हो । ८ टोली सहभागी प्रतियोगितामा नेपाल, भुटान, सिंगापुर र थाईल्याण्डसहित समूह ‘ए’ मा रहेको छ । समूह ‘बि’ मा मलेसिया, चीन, हङकङ र म्यानमार छन् । प्रतियोगिताको विजेता नोभेम्बरमा आयोजना हुने १९ वर्षमुनिको युथ एसिया कप खेल्न छनौट हुने छ ।
खेल तालिका
भदौ २६ – नेपाल भर्सेस थाईल्याण्ड (क्लब अमन मैदान)
भदौ २८ – नेपाल भर्सेस भुटान (किनारा ओभल मैदान)
भदौ २९ – नेपाल भर्सेस सिंगापुर (क्लब अमन मैदान)
प्रकाशित मिति: मंगलबार, भदौ २०, २०७४