२१ भदौ, काठमाडौँ । भेनस विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् । उनी अमेरिकी टेनिस स्टार हुन । बुधबार बिहान भएको खेलमा पेट्रा किविटोवालाई हराएर उनले अन्तिम चारमा स्थान पक्का गरेकी हुन् । ३७ वर्षकी भेनसले किविटोवालाई ६–३, ३–६ र ७–६ (७–२) को सेटमा हराएकी हुन् । भेनस २३ औं पटक ग्राण्डसलामको सेमिफाइनलमा पुगेकी हुन् । भेनसले अब सेमिफाइनलमा स्लोअन स्टीफन्ससँग प्रतिस्पर्धा गर्ने छिन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २०, २०७४