२१ भदौ, काठमाडौँ । विश्वकप फुटबलको छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा उरुग्वेले महत्वपूर्ण जित दर्ता गरेको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट खेलमा लुइस स्वारेजको टिम उरुग्वेले पाराग्वेलाई २–१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा तीनै गोल दोस्रो हाफमा भयो । दक्षिण अमेरिकी क्षेत्रका १० देश सहभागी प्रतिस्पर्धामा शीर्ष चार स्थानमा रहने टिम विश्वकपका लागि छनौट हुनेछन् । ब्राजिल यसअघि नै छनौट भएको छ । पाँचौं स्थानमा रहने टिमले प्लेअफ खेल्नु पर्ने छ । जितपछि उरुग्वे २७ अंक जोड्दै कोलम्बियालाई पछि पारेर दोस्रो स्थानमा उक्लिएको हो ।
प्रकाशित मिति: मंगलबार, भदौ २०, २०७४