१९ भदौ, काठमाडौँ । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले क्लब छोड्न मनसाय बनाएका छन । मेस्सीले क्लब छाड्ने निष्कर्ष निकालेको भन्दै स्पेनिस सञ्चारमाध्यमले दाबी गरेका छन् । नेइमार पेरिस सेन्ट जर्मेन गएको समयमा क्लबले फिलिप कोन्टिन्हो तथा एन्जल डी मारिया जस्ता खेलाडीलाई अनुबन्ध गर्न नसकेको भन्दै मेस्सीले क्लब छाड्न खोजेको सञ्चारमाध्यमाले दाबी गरेका छन ।
प्रकाशित मिति: आइतबार, भदौ १८, २०७४