१६ भदौ, काठमाडौं । फिफा विश्वकप फुटबलको दक्षिण अमेरिकी छनौटमा उरुग्वेको घरेलु मैदानमा अर्जेन्टिना गोलरहित बराबरीमा रोकिएको छ । कठिन अवस्थामा रहेको अर्जेन्टिनाले उरुग्वेसँग उसकै मैदानमा गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । योसँगै अर्जेन्टिनाको १५ खेलबाट २३ अंक जोड्दै अंकतालिकाको पाचौं स्थानमा रहेको छ । उरुग्वे २४ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा रहेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १५, २०७४