१ भाद्र, काठमाडौँ । पाकिस्तानमा बलले लागेर एक क्रिकेटरको ज्यान गएको छ । पाकिस्तानको मार्दनमा क्लब क्रिकेट म्याचको क्रममा हेलमेट नलाइ ब्याटिङ गरिरहेका क्रिकेटर जुबेर अहमदको बलले टाउकोमा लागेर मृत्यु भएको हो । पाकिस्तानी पत्रिका टाइम्स अफ इस्लामाबादले जनाए अनुसार खैबर पख्तुन्ख्वा प्रान्तको मार्दनमा सोमबार भएको खेलको क्रममा अहमदलाई बलले टाउकोमा लागेकोे थियो । बलले लागे लगतै अहमदलाई अस्पताल लगिएको भएपनि बचाउन भने नसकिएको उक्त पत्रिकालेजनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४