काठमाडौँ । कोरोना महामारी उपचार तथा रोकथामका लागि स्पेन सरकारले नेपाललाई दिएको अत्यावश्यक स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको छ ।
स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको जहाजबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य सामाग्री बुझेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार स्पेनी सहायता निकायले हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीमा भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, एन्टिजिन टेस्ट किट, पिपिईलगायत रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८