१६ साउन, काठमाडौँ । युरोपियन च्याम्पियनसिप महिला फुटबलको सेमिफाइनलमा इंग्ल्याण्ड, डेनमार्क र अस्ट्रिया प्रवेश गरेका छन् । आइतबार राति भएको खेलमा फ्रान्सलाई १–० ले हराउँदै इंग्ल्याण्डले अन्तिम चारमा स्थान पक्का गरेको हो । इंग्ल्याण्डले अब फाइनल प्रवेशका लागि आयोजक नेदरल्याण्डससँग प्रतिस्पर्धा गर्ने छ । राति नै भएको अर्को खेलमा स्पेनलाई टाइब्रेकरमा ५–३ ले हराउँदै अस्ट्रियाले पनि सेमिफाइनलमा स्थान पक्का गरेको छ । त्यसअघि भएको खेलमा डेनमार्कले जर्मनीलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो । यो हारसँगै सातौं पटक उपाधि जित्ने जर्मनीको सपना टुटेको छ । फाइनल प्रवेशका लागि अब डेनमार्क र अस्ट्रियाबिच प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित मिति: आइतबार, साउन १५, २०७४