५ साउन, काठमाडौँ । दक्षिण अफ्रिकाको जोहनसबर्गको एक रंगशालमा फुटबल खेल भइरहेका बेला भागदौड हुँदा दुईजनाको मृत्यु भएको छ । भागदौडमा १७ जना घाइते भएका छन् । जोहनसबर्गको ठूलो रंगशालमा सोवेटो डर्बी भइरहेका बेला भागदौड मच्चिएको फुटबल अधिकारीले बताएका छन् । काइजर चिफ्स र ओरलाण्डो पाइरेट्सबिचको खेलको क्रममा ८७ हजार दर्शक क्षमता रहेको रंगशालको गेटमा धकेलाधकेल हुँदा दुईजनाको ज्यान गएको हो । खेल काइजर चिफ्सले १–० ले जितेको र टेलिभिजन लाइभ कभरेजको क्रममा खेलमा भागदौडले असर गरेको नदेखिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन १४, २०७४