१२ साउन, काठमाडौँ । इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस च्याम्पियन रियल मड्रिडमाथि शानदार जित हाँसिल गरेको छ । युरोपियन च्याम्पियन मड्रिड अमेरिकाको लस एन्जल्समा भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर सिटीसँग ४–१ ले पराजित भएको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा सिटीले दोस्रो हाफमा प्रभावशाली प्रदर्शन गर्दै चार गोल र्गयो । सिटीका लागि ५२ औं मिनेटमा निकोलस ओटामेन्डी, ५९ औं मिनेटमा केविन डी ब्राउन, ६६ औं मिनेटमा जोन स्टोनस् र ८१ औं मिनेटमा ब्राहिम डिएजले गोल गरे । रियल मड्रिडका लागि ९० औं मिनेटमा अर्नाइज ओस्कारले एक गोल फर्काए ।
प्रकाशित मिति: बुधबार, साउन ११, २०७४