१० साउन, काठमाडौँ । नेपाल १९ वर्षमुनीको आईसीसी यू–१९ विश्वकपमा छनोट हुन असफल भएको छ । आज भएकोे समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँँग ९६ रनको हार व्यहारेसँगै नेपाल छनोट चरण पार गर्न असफल भएको हो । अफगानिस्तानले अर्को वर्ष न्यूजिल्याण्डमा हुने १९ वर्षमुनीको विश्वकप खेल्ने भएको छ । सिंगापुरमा अफगानिस्तानले दिएको १९६ रनको विजय लक्ष्य पछ्याएको नेपाल ४०.६ ओभरमा ९९ रन जोड्दा अलआउट भएपछि ९६ रनले पराजित भयो ।
प्रकाशित मिति: सोमबार, साउन ९, २०७४