९ साउन, काठमाडौँ । सिंगापुरमा जारी १९ वर्ष मुनीको आईसीसी विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्षेत्रको छनोटको पाँचौ खेलमा मलेसियाले नेपालसामू ९० रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । बालेस्टीर रोडस्थित इन्डियन एसोसियसन ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसिया ३५ ओभर १ बलमा अलआउट हुँदै ८९ रनमा समेटियो । मलेसियाले दिएको ९० रनको लक्ष्यसहित नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ । मलेसियालाई कम स्कोरमा रोक्न नेपाली कप्तान सन्दिपले किफायती बलिङ गर्दै ७ विकेट लिए । यस्तै साहब आलमले २ तथा रिजन ढकालले १ विकेट लिए । प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा पनि मलेसियालाई पराजित गरेको थियो ।
प्रकाशित मिति: आइतबार, साउन ८, २०७४