४ साउन, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस अवार्डको १४औं संस्करण आगामी भदौ २६ गते गर्ने घोषणा गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी मञ्चले अघिल्लो वर्षजस्तै यस वर्ष पनि आठ विधामा अवार्ड प्रदान गरिने जानकारी गराएको छ । २०७३ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीहरुलाई अवार्ड प्रदान गरिनेछ । हंसराज हुलासचन्द एण्ड कम्पनीले मूख्य प्रायोजन गरेको अवार्डका तीन बिधाका बिजेताले बजाज पल्सर मोटरसाइकल पाउने गरेकोमा यस वर्षदेखि चार जना बिजेताले मोटरसाइकल पाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७४