४ साउन, काठमाडौँ । बार्सिलोनाका खेलाडी नेइमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनको प्रस्ताव स्वीकार गरेका छन । ब्राजिलका विभिन्न सञ्चारमाध्यमलाई उद्धृत गर्दै बेलायती पत्रिका डेली मेलले २५ वर्षका नेइमारले पिएसजीको प्रस्ताव स्वीकार गरेको समाचार आज प्रकाशित गरेकोछ । पिएसजीले नेइमार अनुबन्धका लागि बार्सिलोनालाई एक सय ९५ मिलियन पाउण्ड तिर्न तयार भएको उल्लेख छ । तर बार्सिलोनााक उपाध्यक्ष जोडी मेस्ट्रेले भने नेइमारले क्लब नछोड्ने बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७४