३ साउन, काठमाडौँ । १९ वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा पनि नेपल विजयी भएको छ । आफ्नो दोस्रो खेलनमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको छ । ५९ रनको लक्ष्य नेपालले ९ ओभर ५ बलमा ५ विकेट जाँदा पूरा गरेको गरेको हो । पहिले ब्याटिङ गरेको मलेसियाले सबै विकेट जाँदा २५ ओभर ५ बलमा ५८ रन बनाएको थियो । टस जितेर फिल्डिङ रोजेको नेपाली बलिङ निकै उत्कृष्ट रह्यो । नेपालका सन्दिप लामिछानेले ५, पवन सर्राफले ३, किशोर महतो र सन्दिप सुनारले एक एक विकेट लिए । पहिलो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले हराएको थियो । ७४ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ६ विकेट जाँदा पूरा गरेको थियो ।
प्रकाशित मिति: सोमबार, साउन २, २०७४