१ साउन, काठमाडौँ । महिलातर्फको विम्बल्डन टेनिसको उपाधि स्पेनकी गार्विन मुगुरुजाले कब्जा गरेकी छिन । ५ पटककी विजेता भेनस विलियम्सलाई फाइनलमा ७–५ र ६–० को सोझो सेटमा हराउँदै २३ बर्षकी मुगुरुजाले पहिलोपटक विम्बल्डनको उपाधि जितेकी हुन् । पराजयसंगै भेनसले विम्बल्डन जित्ने सवैभन्दा बढी उमेरकी खेलाडी हुने मौका पनि गुमाएकी छन् । यससँगै मुगुरुजा विलियम्स दिदीबहिनीलाई हराउने पहिलो महिला खेलाडी पनि भएकी छन् । उनले सन् २०१६ को फ्रेन्च ओपनमा सेरेना विलियम्सलाई हराएर फ्रेन्च ओपन जितेकी थिइन् ।
प्रकाशित मिति: शनिबार, असार ३१, २०७४