१० असार, काठमाडौँ । बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले कर छलीको आरोपमा भोग्नु पर्ने जेल सजायको सट्टा जरिवाना तिर्ने भएका छन् । गएको वर्षको जुलाईमा स्पेनको एक अदालतले कर छलीको आरोपमा दोषी ठहर गर्दै मेस्सी र उनका पितालार्ई २१ महिनाको जेल सजाय तोकेको थियो । मेस्सीले जरिवाना तिरेर जेल सजायबाट बच्ने तयारी गरेको स्पेनिस सञ्चारमाध्यमले जनाएको छ । मेस्सीले जेल सजाय बापतको दुई लाख ८५ हजार अमेरिकी डलर जरिवाना तिर्ने तयारी गरेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, असार ९, २०७४