९ असार, काठमाडौँ । एलेक्सिस सान्चेज चिलीबाट अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । फिफा कनफेडेरेशन कप फुटबलमा जर्मनीविरुद्ध खेलको छैटौँ मिनेटमा गरेको गोलपछि उनी सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन । सान्चेजले चिलीबाट अहिलेसम्म ३८ गोल गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, असार ८, २०७४