काठमाडौँ -काभ्रेपलान्चोक जिल्लाको महाभारत गाउँपालिकामा रहेको ग्रामोन्नती माध्यामिक बिद्यालयको भौतिक संरचनाको निर्माण कार्य सम्पन्न भई हस्तान्तरण भएको छ । २०७२ साल बैशाख १२ गतेको बिनासकारी भुकम्पबाट क्षतिग्रस्त उक्त बिद्यालयको सम्पूर्ण संरचना पुनर्निर्माण गरि मंसिर ९ गते हस्तान्तरण भएको हो।

कोरोना भाइरस महामारीले असहज बनाएको यो समयमा पनि बिद्यालय भवनको निर्माण कार्य सम्पन्न भई विद्यालयलाई नै उक्त संरचना हस्तारन्तरण गरिएको छ।

राष्ट्रिय पुन:निर्माण प्राधिकरणका कार्यकारी अधिकृत श्री सुशील ज्ञवालीको उपस्थितिमा बिद्यालय भवन समुद्घाटन र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो। नेपाल सरकार र एसियाली विकास बैंकको सहयोगमा राष्ट्रिय पुन :निर्माण प्राधिकरणले बिद्यालय भवन पुन :निर्माण गरेको थियो।





प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७