काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा औपचारिक रूपमा सुरु भएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दीप प्रज्ज्वलन तथा बेलुन उडाएर विशेष महाधिवेशनको उद्घाटन गरेका हुन्।
केही समयअघि सुरु भएको उद्घाटन समारोहमा काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँले सभापतित्व गरेका थिए। कार्यक्रममा महामन्त्री फरमूल्लाह मंसुरसहित कांग्रेसका थुप्रै केन्द्रीय सदस्य तथा नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।
विशेष महाधिवेशनको विपक्षमा उभिँदै आएका पार्टी सभापति शेरबहादुर देउवा पक्षका साथै इतर समूहका नेता डा. शेखर कोइराला निकट नेताहरू पनि उद्घाटन कार्यक्रममा सहभागी भएका छन्।
महाधिवेशनले पार्टीको आन्तरिक विवाद, विधान संशोधन र आगामी राजनीतिक दिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०८२