८ असार, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व महासचिव तथा राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक लोकबहादुर शाही पक्राउ परेका छन । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले उनलाई बिहीबार पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले जानकारी दिए । शाहीले २५ जनालाई क्यानडा पठाइदिने भन्दै १ करोडभन्दा बढी ठगी गरेकाले पक्राउ गरिएको अमात्यले बताए । शाहीले ललितपुरस्थित श्रीकुसुन्ती युथ क्बलको नामबाट क्यानडा लैजाने र टोरन्टोमा मे १५ देखि २५ देखि फुटबल खेलाउने आश्वासन दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी आइस हक्की संघका अध्यक्षसमेत हुन ।
प्रकाशित मिति: बुधबार, असार ७, २०७४