८ असार, काठमाडौँ । रुसमा जारीे फिफा कनफेडेरेशन कप फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा मेक्सिको विजयी भएको छ । समूह ‘ए’ मा रहेको मेक्सिकोले न्युजिल्याण्डलाई २–१ ले हराएको हो । मेक्सिकोलाई जिताउन राउज जिमेनेज र ओरिबे पेराल्ताले गोल गरे । न्युजिल्याण्डका लागि क्रिस वुडले एक गोल गरे । ४२ औं मिनेटमा वुडले गोल गरेपछि न्युजिल्याण्डले पहिलो हाफमा १–० को अग्रता लियो । तर उसले यो अग्रता दोस्रो हाफमा जोगाउन सकेन । जिमेनेजले ५४ औं मिनेटमा मेक्सिकोका लागि बराबरी गोल फर्काए । ७२ औं मिनेटमा पेराल्ताले गोल गरेपछि मेक्सिको २–१ ले विजयी भयो । जितपछि समूहको शीर्ष स्थानमा रहेको मेक्सिकोको दुई खेलबाट चार अंक भएको छ । समान चार अंक नै भएको पोर्चुगल दोस्रो स्थानमा छ ।
प्रकाशित मिति: बुधबार, असार ७, २०७४