६ असार, काठमाडौँ । जारी कनफेडेरेशन कप फुटबलमा विश्व विजेता जर्मनीले विजयी सुरुवात गरेको छ । समूह ‘बी’ मा रहेको जर्मनीले आफ्नो पहिलो खेलमा सोमबार राति अस्ट्रेलियालाई ३–२ ले हारएको हो । रुसको सोचीमा भएको खेलमा जर्मनीलाई जिताउन लार्स स्टिन्ड्ल, जुलियन ड्रयाक्सलर र गोरेट्जकाले गोल गरे । अस्ट्रेलियाका लागि टम रोगिच र टोमी जुरिकले गोल गरे । सुरुवाति खेल जितेका चिली र जर्मनीको समान तीन अंक भएको छ । चिली समूह ‘बी’ को पहिलो तथा जर्मनी दोस्रो स्थानमा छ ।
प्रकाशित मिति: सोमबार, असार ५, २०७४