१ असार, काठमाडौँ । पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा पुगेको छ । बुधबार राति सकिएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा इंग्ल्याण्डलाई ८ विकेटले हराउँदै पाकिस्तानले फाइनलमा स्थान पक्का गरेको हो । २ सय १२ रनको सामान्य लक्ष्य पाकिस्तानले ३७ दशमलव १ ओभरमा मात्रै दुई विकेटको क्षतिमा भेट्टायो । पाकिस्तानको जितसँगै च्याम्पियन्स ट्रफीको उपाधि दक्षिण एसियामा आउने निश्चित भएको छ । प्रतियोगिताको अर्को सेमिफाइनलमा बिहीबार भारत र बंगलादेश खेल्दैछन् । दिउँसो सवा ३ बजेपछि सुरु हुने खेलको विजेताले उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ ।
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०७४