३० जेठ, काठमाडौँ । कर छलीको आरोपमा क्रिष्टियानो रोनाल्डोमाथि मुद्दा दर्ता भएको छ । रियल मड्रिडका स्ट्राइकर रोनाल्डोमाथि स्पेनका अधिकारीले लाखौं युरो बराबरको कर छली गरेको भन्दै आरोप पत्र दर्ता गरेका हुन् । रोनाल्डोमाथि सन् २०११ देखि २०१४ सम्ममा एक करोड ४७ लाख युरो कर छली गरेको आरोप लागेको छ । रोनाल्डोले यसअघि नै आफूले लुकाउनु पर्ने केही काम नगरेको बताउँदै आफ्नो कर सम्बन्धमा भइरहेको अनुसन्धानबाट आफूलाई कुनै चिन्ता नरहेको बताएका थिए ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०७४