२९ जेठ, काठमाडौँ । १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट खेल्ने प्रारम्भिक टोलीका लागि सोमबारदेखि बन्द प्रशिक्षण सुरु भएको छ । आइसिसी एसियाका चिफ डेभेलप्मेन्ट अफिसर बेङ्कटपति राजु, राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र १९ वर्षमुनिका मुख्य प्रशिक्षक बिनोद दासले छनौट गरेका ४० जना खेलाडीको बन्द प्रशिक्षण सुरु भएको हो । ४ टोलीको सहभगिता रहने छनौट प्रतियोगिता साउन १ देखि १० सम्म सिंगापुरमा हुनेछ । नेपालसँगै अफगानिस्तान, मलेसिया र आयोजक सिंगापुरले विश्वकपको छनौटका लागि खेल्नेछन् । राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, आसिफ शेखसँगै बन्द प्रशिक्षणका लागि ४० जना खेलाडीको नाम आइतबार छनौट गरिएको हो ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०७४