२९ जेठ, काठमाडौँ । फ्रेन्च ओपन टेनिसको उपाधि विश्व नम्बर चार राफायल नाडालले जितेका छन् । पेरिसमा गए राति भएको फाइनलमा विश्व नम्बर तीन स्टानिसलास वावरिन्कालाई हराएर नाडालले १० औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका हुन् । स्पेनिस नाडालले स्वीस वावरिन्कालाई ६–२, ६–३ र ६–१ को सोझो सेटमा हराएका हुन् । योसँगै नाडाल ओपन एरामा सबैभन्दा धेरै पटक उपाधि जित्ने खेलाडी बनेका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०७४