२८ जेठ, काठमाडौँ । विश्वकप २०१८ को छनौटका लागि शनिबार राति भएको खेलमा इंग्ल्याण्डलाई स्कटल्याण्डले बराबरीमा रोकेको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘एफ’ मा रहेको इंग्ल्याण्ड स्कटल्याण्डसँग २–२ को बराबरीमा रोकिएको हो । बराबरीपछि ६ खेलबाट १४ अंक जोडेको इंग्ल्याण्ड समूहको शीर्ष स्थानमा छ । दोस्रो स्थानको स्लोभाकियाले राति नै भएको खेलमा लिथुवानियालाई २–१ ले हरायो ।स्लोभाकियाको ६ खेलबाट १२ अंक भएको छ । समूह ‘एफ’ अन्तर्गत राति नै भएको खेलमा स्लोभेनियाले माल्टालाई २–० ले हराएको
प्रकाशित मिति: शनिबार, जेठ २७, २०७४