२५ जेठ, काठमाडौँ । च्याम्पियन्स ट्रफि क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई १९ रनले पराजित गरेको छ । वर्षाले प्रभावित खेलमा डकवर्थ लुइस नियम अनुसार पाकिस्तान १९ रनले विजयी भएको भयो । पानी पर्नुअघि पाकिस्तानले २७ ओभरमा १ सय १९ रन बनाएको थियो । पाकिस्तानका फखर जामनले २३ बलमा ३१ रन, बाबर आजमले ५१ बलमा ३१ रन, मोहम्मद अफिजले ५३ बलमा २६ रन साथै सोयब मल्लिकले १४ बलमा १६ रन बनाए । दक्षिण अफ्रिकाका मोर्ने मोर्केलले तीन विकेट लिए । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ८ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका डेभिड मिलरले १ सय ४ बलमा अविजित ७५ रन बनाए । यस्तै क्वेन्टन डिकोकले ४९ बलमा ३३ रन, क्रिस मोरिसले ४५ बलमा २८ रन साथै कागिसो रबाडाले २३ बलमा २६ रन बनाए । पाकिस्तानका हसन अलिले तीन, जुनेद खान र इमाद वासिमले दुई दुई साथै मोहम्मद हफिजले एक विकेट लिए । बिहीबार श्रीलंकार भारतबिच खेल हुँदै छ ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०७४