१० जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला टोली मलेसियासँगको दोस्रो मैत्रीपूर्ण खेलमा ४–१ गोल अन्तरले पराजित भएको छ । यसअघि सोमबार भएको पहिलो खेल १–१ को बराबरीमा सकिएको थियो । कोता किनाबालुस्थित ययुएमएस रंगशालामा सम्पन्न दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले मलेसियाको चुनौतिको सामना गर्न नसक्दा निरिह बन्न पुग्यो ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०७४