काठमाडाैं । पूर्वस्वास्थ्य राज्यमन्त्री एवं सांसद डा. सुरेन्द्र यादव समाजवादी पार्टीको सम्पर्कमा आएका छन् ।
तत्कालीन समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख रहेका विश्वदीप पाण्डेले काठमाडौंको मेरियट होटेलबाट यादव अपहरणमुक्त भएको बताएका हुन् ।
उनले ट्वीटमा लेखेका छन्, पूर्व स्वास्थ्यराज्यमन्त्री तथा सांसद सुरेन्द्र यादव मेरियट होटलमा प्रमले बनाएको घेरा तोडेर निस्कन सफल । केहीबेरमा सुरेन्द्र यादवलाई सुरक्षित स्थानमा राख्न उहाँलाई लिन म जाँदैछु । यादवजी पिएसओलाई पनि झुक्याएर निस्कन सफल हुनुभएको छ। ओली गुन्डागर्दी हद भो, अब ओलीलाई बिदा गरौं ।
हिजो बेलुका कसरी अपहरण भयो । प्रशासनबाट के-के दु:ख भोग्नुपर्यो । प्रधानमन्त्रीले राति फोनमा के भन्नुभयो, बिहान होटलबाट कसरी भागेँ भनेर विस्तृतमा सुनाउँदै सुरेन्द्र यादवजी, विश्वदीप पाण्डेले लेखेका छन् ।
समाजवादी पार्टी र राजपा एकता घोषणा हुँदै गर्दा केही नेताहरुलाई प्रधानमन्त्रीको निर्देशनमा अपहरण गरिएको समाजवादी पार्टीले आरोप लगाएको छ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७