९ जेठ, काठमाडौँ । सरकारले भलिबललाई राष्ट्रिय खेल बनाउने निर्णय गरेको छ । सोमबार साँझ बसेके मन्त्रिपरिषद् बैठकले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले बताए । उनले युवा तथा खेलकुद मन्त्रालयको प्रस्ताव भलिबल खेललाई राष्ट्रिय खेल बनाइएको बताए । यसअघि डण्डिबियो र कबड्डीले आफूलाई राष्ट्रिय खेलको दावी गर्दै आएका थिए ।
प्रकाशित मिति: सोमबार, जेठ ८, २०७४