काठमाडौं । सरकारले वैशाख १५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हाे ।
त्यसैगरी हवाई उडान भने वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय भएकाे छ ।
नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ। मंगलबार मात्रै सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा संक्रमण पुष्टि भएको छ ।
सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाएकाे हाे ।
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७