३० वैशाख, काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि दुई खेल बाँकी हुँदै चेल्सीले जितेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ब्रोमलाई १–० ले हराउँदै चेल्सीले उपाधि जितेको हो । चेल्सीको जितमा मिसी बात्सुईले खेलको अन्तिम तिर गरेको गोल निर्णयक बन्यो । तीन वर्षमा दोस्रो पटक उपाधि जित्ने क्रममा यही सिजन टिम सम्हाल्न आएका एन्टोनी कोन्टेको भूमिका महत्वपूर्ण रह्यो । चेल्सीले लिगमा यो सिजन अहिलेसम्म खेलेका ३६ खेलमा २८ खेल जितेको छ । तीन खेलमा बराबरीमा रोकिएको चेल्सी पाँच खेलमा पराजित भएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०७४