१३ वैशाख, काठमाडौँ । इंग्लिस प्रिमियर लिग लिडर चेल्सीले सात अंकको अग्रता कायम गरेको छ । लिग अन्तर्गत मंगलबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले साउथह्याम्प्टनलाई ४–२ ले हरायो । चेल्सीको जितमा डिएगो कोस्टाले दुई तथा इडन हजार्ड र ग्यारी काहिलले एक एक गोल गरे । साउथह्याम्प्टनका लागि ओरिओल रोमेउ र रायन बट्र्रेन्डले एक एक गोल गरे ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०७४