१३ वैशाख, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदरावाद बिचको खेल रद्द भएको छ । मंगलबार राति बैंग्लोरमा हुने तय भएको खेल वर्षाका कारण टस नै नभइ रद्द भएको हो । खेल रद्द भएका कारण दुवै टिमले एक एक अंक पाएका छन् । खेल रद्द हुँदा बैंग्लोरलाई भने घाटा लागेको छ । उसको प्लेअफमा पुग्ने यात्रामा समस्या सिर्जना भएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०७४