९ वैशाख, काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट आइपिएल अन्तर्गत शुक्रबार राति भएको खेलमा गुजरात लायन्स विजयी भएको छ । कोलकातामा भएको खेलमा गुरातले कोलकाता नाइट राइडर्सलाई चार विकेटले हराएको हो । कोलकाताले प्रस्तुत गरेको १ सय ८८ रनको लक्ष्य गुजरातले १० बल बाँकी हुँदा ६ विकेटको क्षतिमा भेट्टायो । उसका लागि कप्तान सुरेश रैनाले सर्वा्धिक ८४ रन बनाए भने बे्रण्डन म्याकुलमले ३३ तथा अरोन फिन्चले ३१ रन बनाए । कोलकाताका कुलदीप यादव र नाथन नाइलले समान दुई दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कोलकोताले निर्धा्रित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८७ रन बनायो । उसका लागि रोबिन उथप्पाले सर्वा्धिक ७२, सुनील नारिनले ४२, कप्तान गौतम गाम्भिरले ३३ तथा मनिष पाण्डेले २४ रन बनाएका थिए । ६ खेलमा चारमा जित निकालेको दोस्रो स्थानको कोलकाताको ८ अंक छ भने ६ खेलमा दोस्रो जित निकालेको गुजरातको चार अंक भएको छ र उ सातौं स्थानमा छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०७४